देव दर्शन ब्याडमिन्टन कप आजबाट सुरु

काठमाडौं २५ जेठ,

चाैथाे देव दर्शन ब्याडमिन्टन कप प्रतियाेगिता २०७६ आज वाट सुरू भएकाे छ ।
मित्रता तथा सहिष्णुताकाे लागि खेलकुद भने नाराका साथ चाैथाे देव दर्शन ब्याडमिन्टन कप प्रतियाेगिता २०७६ शनिवार वाट सुरू भएकाे हाे ।

उत्त ब्याडमिन्टन कपकाे नेकपाका नेता तथा प्रतिनिधि सभा सांसद कृष्ण गाेपाल श्रेष्ठले उद्घाटन गरेका हुन । उद्घाटन सत्रमा बाेल्दै सांसद श्रेष्ठले खेलकाे माध्यम वाटै राष्ट्रकाे नाम उच्च राख्ने हुदा खेलकुदकाे बिकासमा राज्य गम्भीर भएर लागिरहेकाे बताए । उनले स्वास्थ्यका खेलकुद राष्ट्रका लागि खेलकुद भएकाे हुदा कुनै पनि देशकाे नाम खेलकुदले राख्ने उनकाे भनाई थियाे ।

ब्याडमिन्टन खेलमा र अरू खेलमा सधै रुचि राख्ने स्वगिय सशस्त्र प्रहरीका पुर्व महानिरीक्षक कृष्ण माेहन श्रेष्ठ र स्वगिय बरिस्ठ सञ्चारकर्मि पुष्कर लाल श्रेष्ठकाे ब्याडमिन्टनमा उदाहरणीय रहेकाेमा चर्चा गरे ।

उद्घाटन खेलमा प्रतिनिधि सभा सांसद कृष्ण गाेपाल क्षेष्ठ र प्रदेश सभा सांसद रमा अाले मगरकाे जाेडी बिजयी भएकाे छ । सांसद बेली माया घले र संस्थाका अध्यक्ष राम नारायण घिमिरेकाे जाेडिलाई हराउदै सांसद कृष्ण गाेपाल क्षेष्ठकाे जाेडी बिजयी भएकाे हाे ।

संस्था प्रवन्धक प्रविन सिल्वालले चाैथाे देव दर्शन ब्याडमिन्टन कप प्रतियाेगिता २०७६ खुला ब्याडमिन्टन प्रतियाेगिता ५८ टिमका ११६ जना सहभागिता रहकाे बताए। सस्थाका प्रवन्धक सिल्वालका अनुसार खुला ब्याडमिन्टन प्रतियाेगिता प्रथम हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद ३० हजार पुरस्कार पाउने छन् । दाेश्राे हुने जाेडीले रू २० हजार र तेस्रो हुने जाेडीले ५ /५ हजार नगद सहित ट्रफि पाउने छन ।