देव दर्शन ब्याडमिन्टन प्रतियाेगिता जेठ २६ वाट ।

राेसन दानी काठमाडौं । २३ जेठ देव दर्शन वचत तथा ऋण सहकारी संस्थाले खुला ब्याडमिन्टन प्रतियाेगिता गर्ने भएकाे छ । संस्थाकाे दशाैं बार्षिक उत्सवको उपलक्ष्यमा खुला ब्याडमिन्टन प्रतियाेगिता आयोजना गर्न लागिएको हो । चन्द्रागिरी नगर स्तरीय प्रतियोगितामा चन्द्रागिरी नगर भित्र बसोबास गर्ने खेलाडीहरु र संस्थाका सदस्यहरुले प्रतियोगिता मा भाग लिन पाउने देव दर्शन वचत तथा ऋण सहकारी संस्था अध्यक्ष राम नारायण घिमिरेले वताए । सस्थाका अध्यक्ष अनुसार जेष्ठ २५ गते दिउँसो १२ बजे सम्म आवेदन दिन पाइने जानकारी दिएका हुन । खुला ब्याडमिन्टन प्रतियाेगिता प्रथम हुने जोडी ले ट्रफिको साथमा नगद रू बीस हजार , दोस्रो हुनेले नगद दस हजार र सेमिफाइनल पुग्ने दुई जोडीले ५०००/५००० पाउने छन् भने उत्कृष्ट खेलाडीले रु २५०० नगद पुरस्कार पाउने छन् । खेल चन्द्रागिरी वडा नम्बर ५ गुरुजुधारा, किसिपिडिमा जेठ २६ गते बाटसुरू हुने छ ।