दोश्रो देवदर्शन कप ब्याडमिण्टनकको उपाधी पुष्ष खड्का र पवन अधिकारीको जोडीलार्इ, राजन पोखरेल उत्कृष्ठ खेलाडी

चन्द्रगिरि ।

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको नवाैँ वार्षिकोत्सवका अवसरमा अायोजित दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिताको उपाधी पुष्ष खड्का र पवन अधिकारीको जोडीले जितेको छ ।

सोमबार बिहान साबिक महादेवस्थान गा.वि.स प्राङ्गणको कोर्टमा सम्पन्न फाइनल खेलमा शिवशरण महत र राजन महतको जोडीलार्इ२१-१४ र २१-८ को सेटमा पराजित गर्दैपुष्ष खड्का र पवन अधिकारीको जोडीले नगद २० हजार रूपैँया, ट्रफि र मेडल सहित उपाधी हात पारेको हो । उप विजेता शिवशरण महत र राजन महतको जोडीले नगद १० हजार रूपैँया, ट्रफि र मेडल प्राप्त गर्यो ।

प्रतियोगितामा सविन श्रेष्ठ र राजकुमार पोखरलको जोडीले तेश्रो स्थान हासिल गर्यो तेश्रो स्थानका लागि भएको खेलमा यादव खवास र हरिकुमार खत्रीको जोडीलार्इ २१-१६, २१-१२ को सेटमा पराजित गर्दै सविन श्रेष्ठ र राजकुमार पोखरलले तेश्रो स्थानको उपाधी हात पारे ।

पुरस्कार वितरण समारोहमा बोल्दै चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा खेलकुद गतिविधिलार्इ निरन्तरता दिन नगरपालिका सदैव तत्पर रहेको र भाैतिक संरचनाको निर्माण तथा व्यवस्थापनमा अाफु सधैँ प्रयत्नरत रहेको धाराणा व्यक्त गरे । प्रतियोगितालार्इ सफल रूपमा सम्पन्न गर्न सहयोग गर्ने व्यक्तित्वहरूलार्इ पनि कार्यक्रममा सम्मान गरिएको थियो । उत्कृष्ठ जोडीको पुरस्कार यादव खवास र हरि कुमार खत्रीले प्राप्त गर्यो भने प्रतियोगिताको उत्कृष्ठ खेलाडीको पुरस्कार राजकुमार पोखरेलले प्राप्त गरे ।