दोश्रो हाइभिजन ब्याडमिण्टन प्रतियोगिता जारी

चन्द्रागिरि ।

जारी हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता अन्तर्गत सोमबार ६ खेल सम्पन्न भएका छन् ।

शंकर भट्टचन र बुद्ध घिमिरेको जोडी श्रीहरि थापा र भुवन थापाको जोडीलार्इ पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । त्यस्तै ऋतु श्रेष्ठ र राजकुमार चाैधरीको जोडी बम राना र नुम पुनको जोडीलार्इ पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो । सोमबार नै सम्पन्न तेश्रो खेलमा तुलसी श्रेष्ठ र नविन श्रेष्ठको जोडीसँग सानु श्रेष्ठ र केशव बस्नेतको जोडी पराजित भयो । त्यस्तै बसन्त महर्जन र प्रमोद महर्जनको जोडी पनि जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

निराजन महत र दिपेन्द्र महतको जोडी मनोज महर्जन र सुमन महर्जनको जोडीसँग पराजित भयो, रोयल महर्जन र सलिन महर्जनको जोडीलार्इ पराजित गर्दै सोज थापा र बसन्त थापाको जोडी अघिल्लो चरण प्रवेश गरेको छ ।

२४ टोली सहभागि प्रतियोगिता अागामी शनिबार सकिनेछ ।