नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै

किक बक्सिंग मन पर्ने र यसैलाइ आफ्नो करियर गराउन भनेर अहोरात्र मेहनत गरिरहेका नेपाली उदयमान खेलाडी अविरल घिमिरे पुन अर्को प्रतिस्प्रधामा रिंगमा उत्रदै छन्  । यस भन्दा पहिले पनि जापानको नागोयामा जित हात पारेका पुर्ब नेपाली K1 खेलाडी देब घिमिरेका छोरा अविरल घिमिरे पुन नागोयामा हुन् लागेको अर्को प्रतिस्प्रधामा भिड्दै छन् ।

यही ३० तारिख नागोया स्थित नागोया कंग्रेश सेन्टर मा हुन् गइरहेको HOST CUP FIGHT DRAGONमा ब्राजिलीयन बक्सर ALAN SOARES संग प्रतिस्प्रधा गर्दै छन् । जापानी, थाइल्याण्ड, र ब्राजिल का समेत खेलाडीहरु सहभागी उक्त प्रतिस्प्रधामा नेपाली खेलाडी अविरल भिड्दै गर्दा उनलाई हौसला दिन नागोया बासि नेपालीहरु उपस्थितिको लागि प्रक्षिक्षक तथा पुर्ब खेलाडी देब घिमिरेले अनुरोध गरेका छन् ।