नेपाल आर्मी जगदल गण(छाउनी) बिरुद्ध त्रिवेणी स्नुकर क्लव (वानस्थली) फाइनलमा भिदै

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” आयोजना गरिएको हो। नेपाल भलिवल संघ का अध्यक्ष मनोरञ्जनरमण शर्माले उट्घाटन गरेका थिए।

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” तेस्रो दिन २ खेल सम्पन्न भएको छ। खेल देउराली भलिबल ग्राउण्ड चेकपोस्ट, चन्द्रागिरीको खेल मैदानमा भएको हो।

आज भएको पहिलो सेमि-फाईनल खेलमा श्री प्रभातेस्वोर समाज सुधार क्लब लाई ३-०(२५-१५,२५-२०,२५-२२ ) को सोझो सेटमा पराजित गर्दै त्रिवेणी सनूकर क्लबले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच त्रिवेणी सनूकर क्लबका ज्ञानेन्द्र गुरुङ चुनिएका थिए। साथै त्रिवेणी सनूकर क्लब टिम “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” मा पहिलो पटक फाइनलमा प्रबेश गर्न सफल भएको छ।

आज भएको दोस्रो सेमि-फाईनल खेलमा नया बजार युथ क्लवलाई ३-०(२५-२१,२५-२१ र २५-२२ ) को सोझो सेटमा पराजित गर्दै नेपाल आर्मी जगदल गण टिमले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याचनेपाल आर्मीका सुर्य नेपाली चुनिएका थिए। साथै नेपाल आर्मी जगदल गण टिम “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” मा पहिलो पटक फाइनलमा प्रबेश गर्न सफल भएको छ।

प्रतियोगिता अन्तर्गत शनिबार पहिलो स्थानको लागि नेपाल आर्मी जगदल गण(छाउनी) र त्रिवेणी स्नुकर क्लव (वानस्थली) भिदै छन् ।

साथै तेस्रो स्थानको लागि श्री प्रभातेस्वोर क्लब र  बजार क्लब(कीर्तिपूर) भिदै छन् ।

असोज १ गते देखि सुरु भएको “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” प्रतियाेगितामा प्रथम हुनेले ट्रफिको साथमा नगद रू चालिस हजार , दोस्रो हुनेले नगद बिस हजार र तेस्रो हुनेले दस हजार पाउने छन् ।