नेपाल आर्मी जगदल गण र देउराली युवा जागरण क्लब बिजय साथै देउराली युवा क्लब पहिलो टिम क्वाटरफाइनलमा प्रबेश गर्न सफल

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” आयोजना गरिएको हो। नेपाल भलिवल संघ का अध्यक्ष मनोरञ्जनरमण शर्माले उट्घाटन गरेका थिए।

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” तेस्रो दिन २ खेल सम्पन्न भएको छ। खेल देउराली भलिबल ग्राउण्ड चेकपोस्ट, चन्द्रागिरीको खेल मैदानमा भएको हो।

पहिलो खेलमा कालिका यूथ क्लबलाई २-०(२५-११ र २५-११) को सोझो सेटमा पराजित गर्दै नेपाल आर्मी जगदल गणले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच कुल बहादुर कुमाल चुनिएका थिए।

यसै दिनको दोस्रो खेल चन्द्रागिरी केवल कारलाई २-०(२५-११ र २५-१८) को सोझो सेटमा पराजित गर्दै देउराली युवा जागरण क्लबले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच अजय चौधरी चुनिएका थिए। साथै देउराली युवा जागरण क्लब पहिलो टिम क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ।

 

दिनको अन्तिम खेल जावलाखेल क्लब बिरुद्ध त्रिवेणी स्नोकर क्लबमा जावलाखेलका खेलाडी अनुपस्थित भएकाले त्रिवेणी स्नोकर क्लब विजय घोषित भएको छन। साथै आजै पहिलो हुने खेल जातो रेस्टुरेन्ट बिरुद्ध नयाँ बजार यूवा क्लबमा हिजो भएको खेलमा जातो रेस्टुरेन्टले छेत्रिय स्तरको र राष्ट्रिय स्तरका खेलाडी समावेश गराउनाले अयोग्य ठहरेकोले प्रतियोगिताबाट बाहिरेको थिए।

प्रतियोगिता अन्तर्गत बुधबार नेपाल आर्मी जगदल गण टोली र प्रभतेश्वर समाज सुधार क्लव(क) टोलीबीच प्रतिस्पर्धा खेल हुने आयोजकले जनाएको छ, खेल २:३० बजे हुनेछ। भने दिनकै ४ बजे चन्द्रागिरी केवल कार टोली र प्रभतेश्वर समाज सुधार क्लव(ख) टोलीबीच खेल हुनेछ।

असोज १ गते देखि सुरु भएको “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” प्रतियाेगितामा प्रथम हुनेले ट्रफिको साथमा नगद रू चालिस हजार , दोस्रो हुनेले नगद बिस हजार र तेस्रो हुनेले दस हजार पाउने छन् ।