नैकाप गाेल्डकप २०७५ अन्तर्गत पहिलाे चरणकाे अन्तिम दिन युथ हसन्टार र दिपशिखा बिजयी

नैकाप गाेल्डकप २०७५ अन्तर्गत आज पहिलाे चरणकाे अन्तिम दिन युथ हसन्टार र दिपशिखा बिजयी बनेका छन ।
आजकाे पहिलाे खेलमा युथ हसन्टार क्लबले ल्याक्टाे लक्ष्य,मातातिर्थ माथी ट्राईब्रेकरमा १०-९ काे कठिन जित दर्ता गर्याे । निर्धारित खेल १-१ काे बराबरीमा सकिएकाे थियाे । युथ हसन्टारले राजिव शाक्यकाे गाेलमा अग्रता लिएकाे थियाे भने सागर लामाले ल्याक्टाेका लागि बराबरी गाेल गरेका थिए ।म्यान अफ दि म्याच युथ हसन्टारका राहुल खड्का चूनिए ।

दाेस्राे खेलमा युवा टाेली दिपशिखा युवा समूह,नैकापले श्री कूमारी क्लब,बल्खु माथी ४-२ काे जित दर्ता गर्न सफल बन्याे । विवेक राईकाे गाेलबाट सूरूवाती अग्रता लिएकाे श्री कूमारी माथी दिपशिखाका आँचल खत्री फ्रिकिक मार्फत सून्दर गाेल गर्दै खेल बराबरीमा पूराए ।

पहिलाे हाफ १-१ काे बराबरीमा सकिए पछि दाेस्राे हाफमा श्री कूमारीका डिफेन्डरकाे गल्तीकाे फाईदा उठाउदै रिश्व श्रेष्ठले दिपशिखाकाे लागि अग्रता दिलाए भने दावा नाेर्वु शेर्पाले तेस्राे गाेल गर्दै खेल दिपशिखा तर्फ लगे । लगत्तै उदित थापा मगरले चाैथाे गाेल गर्दै दिपशिखाकाे जित पक्की गरे । अन्तिम अवश्थामा श्री कूमारीका लागि म्यान अफ दि म्याच विवेक राईले फ्रिकिक मार्फत टिमका लागि दाेस्राे गाेल गरे ।