नैकाप गोल्डकपको तेश्रो दिन

 

chandragirinews.com
rockey maharjan

नैकाप गोल्डकपको तेश्रो दिनको पहिलो खेलमा बिहान ८ :०० बजे मिर्मिरे युवा समूह नैकापले इमाडोल युवा क्लबको हातबाट १:० को नमिठो हार बेहोरेको छ । खेलको एक मात्र गोल इमाडोल युवाका क्रिजल खड्काले पहिलो हाफमा गरे । खेल का म्यान अफ द म्याच पनि क्रिजल खड्का नै घोषित भए ।

chandragirinews.com
rockey maharjan

दिनको १:०० बजे दोश्रो खेलमा ओराकल वेस्ट काठमाडौँ नैकापले हसना भास्तिपुर साकोस ,बलम्बु माथि ३:० को जीत निकाल्न सफल बन्यो । युवा खेलाडीहरुले भरिएको ओराकलले गोलको खाता सुरुवाती ५ मिनेट मै खोल्न सफल बन्यो । ओराकल तर्फबाट प्रितम तामांग/ प्रकाश तामांग र म्यान अफ द म्याच दावा नोर्बु शेर्पाले एक एक गोल गरे ।

chandragirinews.com
rockey maharjan


दिनको अन्तिम खेलमा युथ हसनटार क्लबले सेतीदेवी युवा क्लब’गोर्खाली माथि ५:० को फराकिलो जीत रच्यो । युथ हसनटारका तर्फबाट प्रतियोगिताको पहिलो ह्याट्रिक बिकाश गुरुङले पुरा गरेपछि युथ हसनटारको जीत सजिलो बन्न पुग्यो । बाकी गोल राहुल खड्काले पेनाल्टी मार्फत गरे र अर्को गोल सेतीदेवी का तर्फबाट आत्मघाती हुन पुग्यो । सो खेलका म्यान अफ द म्याच युथ हसनटार क्लबका रन्जीत गुरुङ बन्न पुगे ।

chandragirinews.com
rockey maharjan
chandragirinews.com
rockey maharjan