नैकाप गोल्ड कप प्रतियोगितामा इमाडोल युथ क्लबको विजयी सुरुवात

आज विहान ८:०० बजे सम्पन्न पहिलो प्रतिश्पर्धात्मक खेलमा इमाडोल युथ क्लब,इमाडोल ले मिर्मिरे युवा क्लब,नया नैकाप लाई १-० गोल अन्तरले हरायो । खेलमा म्यान अफ दि म्याच क्रिन्जल खड्का भए । त्यस्तै दिउसो १:०० बजे ओराकल वेस्ट काठमाडौँ र हसना भास्तिपुर साकोस ,बलम्बु बीच खेल हुनेछ | दिनको अन्तिम खेल ३:०० बजे युथ हसनटार क्लब,हसनटार र सेतीदेवी युवा क्लब गोर्खाली बिच खेल हुनेछ ।