पश्चिम संयुक्त क्लब (वइस्टन युनाईटेड क्लव )को प्रथम साधारण सभा सम्पन्न

२१ मंसिर काठमाण्डौ । राजधानीको चन्द्रागिरिमा रहेको पश्चिम संयुक्त क्लब (वइस्टन युनाईटेड क्लव )को प्रथम साधारण सभा सम्पन्न भएको छ ।
बागमती प्रदेशको माननीय उधोग पर्यटन बन तथा बाताबरण सभापति रमा आले मगरको उपस्थितमा कार्यक्रमको उद्धघाटन गरिएको हो ।

कार्यक्रममा वोल्दै सभापति रमा आले मगरले युवाहरुको सम्रग विकासका लागि कल्वहरुलेको भुमिका महत्वपुर्ण रहेको बताईन ।उनले समाज परिर्वतनमा युवाहरुलाई सकारात्म,सृजनात्मक कार्यमा प्रोत्साहित गर्नुमा जोड दिईन ।

कार्यक्रममा बागमती प्रदेशका सदस्य बेलीमायाँ घलेले कार्यक्रममा शुभकामना दिदै चन्द्रागिरि पश्चिम संयुक्त क्लबको राष्ट्रिय स्तमामा खेलकुदका माध्यमवाट चिनाउन सफल भएको भन्दै खेलकुदको विकासका लागि प्रदेश स्तवाट हुने सहयोगका लागि पहल गरिदिने बताईन ।

चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले नगरमा सञ्चालन हुने विभिन्न खेलकूदका कार्यक्रमहरुलाई वढौवा दिदै स्वास्थ्य जिवनका लागि खेलकूद भने नारालाई नगरपालिका वाट पनि अगाडी वढाउने काम भईरहेको बताए ।मेयर गिरीले चन्द्रागिरि नगरपालिकामा हुने विभिन्न खेलकूदको विकासमका लागि सक्दो सहयोग गर्ने प्रतिव्धता व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी देवेन्द्र प्रधानलले खेलकूदको विकासका लागि अल्पकालिन सोचाई भन्दा पनि दिर्घकालिन सोचाईले सम्रग नगरको विकासमा खेलकुदले परिर्वतन गर्नु पर्नेमा जोड दिए ।

पश्चिम संयुक्त क्लबका अध्यक्ष रामनारायण घिमिरेले आफ्नो कल्वले राष्ट्रिय अन्र्तराष्ट्रिय खेलकूद प्रतियोगिताहरुमा भाग दिई उत्कृष्ठ प्रर्दशन गरिसकेको जानकारी दिए । कार्यक्रममा बोल्दै घिमिरेले आगामी दिनमा कल्वले चन्द्रागिरिमा नगर स्तरिय फुटवल प्रतियोगिता समेत सञ्चालन गरिन लागेको बताए ।