पहिलो चन्द्रागिरि फुटसल कप प्रतियोगिता हुने

काठमाडौं । खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ पहिलो चन्द्रागिरि फुटसल कप २०७६ प्रतियोगिता हुने भएको छ । चन्द्रागिरि नगरपालिका स्थित चन्द्रागिरि फुटसल एरिनामा आयोजना हुने उक्त खेल यही भाद्र २४ र २५ गते हुनेछ । फुटसलका प्रबन्ध निर्देशक विरेन श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद २० हजार त्यस्तै तेस्रो हुनेले नगद १० हजार र उत्कृष्ट टिमलाइ ५ हजार नगद पुरस्कार तथा ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने बताए । प्रतियोगितामा पहिला दर्ता हुन आउने ५० टिमलाई मात्र सहभागी गराइने जानकारी गराएको छ ।