मेयर कप फूटबल प्रतियोगिता कार्तिक १ गतेबाट हुने

यही आउदो कार्तिक १ गतेबाट युथ हसन्टार क्लबको आयोजनामा प्रथम मेयर कप फूटबल प्रतियोगिता हसन्टार फूटबल मैदानमा सुरु हुने भएको छ । बुधवार कलन्की स्थित शिखर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी आयोजक क्लबले उक्त जानकारी गराएको हो । आयोजित पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत , वडका वडा अध्यक्षहरु, क्लबका पदाधिकारीहरु, बिभिन्न सङ्संस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायत नगरवासिहरुको उपस्थिती रहेको थियो ।

नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बसनेतले कार्यक्रमलाई सम्बोधनगर्दै नगरभित्र यस्तो प्रतियोगिता हुनु सम्पूर्ण नगरवासीका लागि खुशीको कुरा रहेको र यस प्रतियोगिताले खेलाडिलाई प्रोत्साहन, खेलकुडप्रेमिमा हौसला प्रदान हुने बताउनुभयो । उहाले क्लबको यस प्रयासलाई सफलताको शुभकामना ब्यक्तगर्दै नगरपालिका र आफुले प्रतियोगिताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु लगायत नगरवासिले प्रतियोगितालाई कसरी अझै राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाब प्रस्तुत गरे ।

चन्द्रागीरी न्युज डट्कमसङ््को कुराकानीमा क्लबका अधक्ष्य विश्वकर लामाले नगरभित्र बसोबास गर्ने वासिन्दाहरुको एक आपसमा परिचय, मित्रता, आपसी सढ्भाब र हरेक वडामा फूटबलको महत्व तथा फुटबल खेलाडिलाई प्रोत्साहित र प्रोत्साहन यस प्रतियोगितले प्रदान गर्ने बिश्वास ब्यक्त गर्नु भयो । लामाले प्रतियोगितमा सहभागी हुन चाहनुहुने नागार्जुन नगरपालिकाका खेलाडि, क्लब , सङ््संस्थाले अशोज १२ गते सम्ममा फाराम बुझाउनहुन पनि अनुरोध गर्नुभयो ।