विश्वकपको प्रि-क्वाटरफाइनल खेल सम्पन्न, अन्तिम खेलबाट कोलम्बिया बाहिरियो

रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा जारी विश्वकपको अन्तिम १६ अर्थात प्रि-क्वाटरफाइनल खेल सम्पन्न भएको छ । प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा कोलम्बिया र इंग्ल्याण्डले १-१ गोलको बराबरीको खेल खेलेपछि पेनाल्टी सुटबाट ४-३ गोल अन्तरले बिजयी बन्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्यो भने कोलम्बिया क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा बराबरी भएपछी पुन: ३० मिनेटको खेल भयो । जसमा पनि दुवै पक्षले कुनै गोल गर्न सकेनन् । फलस्वरूप खेल पेनाल्टीमा गयो ।

पेनाल्टी सुटमा ४-३ गोल अन्तरले कोलम्बियालाई पराजित गर्दै इंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश गर्यो ।

यससंगै प्रि-क्वाटर फाइनलको खेल सकिएको छ । अब विश्वकपमा अन्तिम ८ को प्रतिष्पर्धा हुनेछ । शुक्रबारदेखि हुने क्वाटरफाइनल खेलमा ७:४५ बजे उरुग्वे र फ्रान्सबीच खेल हुँदैछ भने सोहि दिन राति पौने ११:४५ बजे ब्राजिल र बेल्जियमबीच खेल हुनेछ । त्यस्तै क्वाटर फाइनलको तेश्रो खेल शनिबार बेलुका ७:४५ बजे इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ भने अर्को खेल सोहि दिन राति ११:४५ बजे रसिया र क्रोएसियाबीच हुनेछ ।