विश्वकपमा आजका खेलहरु, नाइजेरियालाई जित्नै पर्ने दबाबमा अर्जेन्टिना

गए राति विश्वकप समूह ‘ए’ र ‘बि’का खेलहरु टुंगिएका छन् भने आज समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ । आजका खेलहरु यस प्रकारका रहेका छन् :

समूह ‘सी’
समय – ७.४५ बजे
अष्ट्रेलिया विरुद्ध पेरु
डेनमार्क विरुद्ध फ्रान्स

समूह ‘डी’
समय – ११.४५ बजे
नाइजेरिया विरुद्ध अर्जेन्टिना
आइसल्यान्ड विरुद्ध क्रोएसिया

समूह ‘सी’ बाट फ्रान्स छनोट भइसकेको छ भने पेरु बाहिरिसकेको छ । डेनमार्क छनोट हुने बलियो स्थितिमा रहे पनि अष्ट्रेलियाको सम्भावना जीवितै छ । अर्को तर्फ, क्रोएसियाले पनि आफ्नो नाम अन्तिम १६ मा लेखाइसकेको छ भने नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिनामध्ये कुनै एक राष्ट्र अन्तिम १६ मा प्रवेश गर्ने छ ।