वेस्टर्न युनाइटेड र कलंकी युनाइटेड नैकाप गोल्डकपको क्वाटरफाइनलमा

चन्द्रागिरि ।

वेस्टर्न युनाइटेड किसिपीडी र कलंकी युनाइटेड युथ क्लब, कलंकी नैकाप गोलडकप फुटबलको क्वाटर फाइनल चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा वेस्टर्न युनाइटेड क्लब किसिपीडीद्वारा खुशी खुशी साकोस ल्याक्तो मातातिर्थ १-० ले पराजित भयो , वेस्टर्न युनाइटेडका लागि संजिव महर्जनले गरे । महर्जन खेलको उत्कृष्ठ खेलाडी घोषित भए ।
दोश्रो खेलमा कलंकी युनाइटेड युथ क्लबले वी आर ब्रदर्स, थानकोट माथि ७-४ गोल को जित दर्ता गर्दै क्वाटर फाइनल प्रवेश गर्यो ।
विजयी कलंकी युनाइटेडका राज पौडेल र सुमल लामाले २-२ गोल गरे त्यस्तै दिनेश कार्की र क्रिस्चल रंजितको नाममा समान १-१ गोल रह्यो । वी
आर ब्रदर्स, थानकोटका तर्फबाट कारण तामांगले दुर्इ तथा बिक्रम तामांग र कब्बु कन्दंगवाले १-१ गोल गरे । बुधबार
वेस्ट काठमाडौँ, नैकाप र महालक्ष्मी युथ क्लब, बलम्बु तथा लकश साकोस, बल्खु र इन्द्रायणी तरुण क्लब, धादिङ बीच प्रिक्वाटफाइनल खेल हुनेछ ।