संकटा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

चन्द्रागिरि, सिएमजी क्लब संकटा राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा बिहिबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा दुई विदेशी खेलाडीले गोल गरे । संकटाका आइभोरीकोष्टका फ्लोरन्स कोआभा र मार्टिन्स अजयीले गोल गरे । पुलिसविरुद्ध संकटाले ७ मिनेट भित्र नै दुई गोल गर्न सफल भएको थियो । पुलिस सम्हालिन नपाउदै पाँचौं मिनेटमा फ्लोरेन्सले हेडगोलमार्फत संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । फ्लोरेन्सले अअअमित तामाङको कर्नर बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए । दुई मिनेटपछि मार्टिन्स अजयीले बाइ साइकिल किकबाट गोल गर्दै संकटाको अग्रता दोब्बर पारेको थियो । मार्टिन्सले भीडभाडमा गोल गर्न सफल भएका थिए । दुई गोलले पछि परेपछि पुलिसले सम्हालिएको खेल प्रदर्शन गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । त्यसपछि पनि थप गोल नहुदा संकटाले पुलिसमाथि २–० को जित निकाल्यो । संकटाका फ्लोरेन्स कोआभा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ३ हजार प्राप्त गरे ।
संकटाले अब सेमिफाइनलमा फ्रेण्डस् क्लबको सामना गर्नेछ । फ्रेण्डसले आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । सेमिफाइनल मंसिर २ गते हुनेछ ।
प्रतियोगिता अन्र्तगत शुक्रबार हिमालय शेर्पा र नेपाल एपिएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ ।