हाइभिजन कप ब्याडमिण्टन, मंगलबार पाँच खेल सम्पन्न

चन्द्रागिरि ।

जारी हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता अन्तर्गत सोमबार ५ खेल सम्पन्न भएका छन् । धनपति मैनाली र राम ढकालको जोडी रोज्ल महर्जन र सलिन महर्जनको टोली पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ भने कुमार तामाघ र सन्तोष रम्तेलको जोडी पनि दिल बहादुर थापा र श्याम न्याैपानेको जोडीला्इ सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । मंगलबार नै सम्पन्न तेश्रो खेलमा हरि खत्री र यादव खवासको जोडीले प्रेम बुढाथोकी र राजाराम थापाको जोडी विरूद्ध सहज जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ । त्यस्तै पुष्प बस्नेत र संग्राम पाैडेलको जोडी शंकर भट्टचन र बुद्ध घिमिरेको जोडीलार्इ स्तब्ध पार्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल हुँदा तुलसी महर्जन र नविन श्रेष्ठको जोडीले तेज बहादुर भण्डारी र सहदेव अधिकारी को जोडीलार्इ पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भयो । २४ टोली सहभागि प्रतियोगिताको विजेताले नगद दश हजार रूपैँया प्राप्त गर्नेछन् ।