हिमालयन चितुवाको नामले परिचित नेपाली खेलाडी अबीरल घिमिरे र जापानी खेलाडी फुजीमुरा बिच जापान को नागोया सहरमा भिडन्त हुने भएको छ।
किक बक्सिङको सो भिडन्त आगामी अशोज २९ गते हुने निश्चित भएको हो। खेलाडी घिमिरेले यस अघि जापानमै विभिन्न जापानी खेलाडीसंग प्रतिस्पर्धा गरी उपाधि समेत हात पार्दै आईरहेका छन।
खेलाडी घिमिरेका पिता तथा नेपालमै स्थापित कराँते खेलाडी रही अहिले प्रशिक्षक रहेका देव घिमिरेले अहिले बिश्वमा कोरोनाले ग्रसित बनाएको बेला एउटा नेपाली खेलाडीले देशकै प्रतिनिधित्व गरी प्रतिस्पर्धा गरिरहेको बेला उनको मनोबल बढाउन सबैले प्रयास गर्नु पर्ने कुरा बताएका छन।
उनले जापानमा बस्ने विशेषगरी नागोयामा रहेका नेपाली दाजु भाई दिदी बहिनीलाई प्रतिष्पर्धाका दिन खेल स्थलमै उपस्थितिका लागि अनुरोध गरेका छन।
Leave a Reply
You must be logged in to post a comment.