अर्जेन्टिना पहिलो खेलमै पराजित, साउदी अरेबियाको उत्कृष्ट प्रदर्शन

कतारमा जारी फिफा विश्वकपमा उपाधि दाबेदार अर्जेन्टिनालाई साउदी अरेबियाले स्तब्ध पारेको छ ।

लुसाईल स्टेडियममा जारी समूह सीको पहिलो खेलमा अर्जेन्टिना पराजित भएको हो ।

खेलको १०औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ४९औं मिनेटमा सलेह अल शहरी र खेलको ५३औं मिनेटमा सलिम अल्दावसरीले गोल गर्दै साउदीलाई विजय गराएका हुन् ।