
चन्द्रागिरि ।
दोस्रो ब्राइट फ्युचर कप एस ई ई फुटसल प्रतीयोगीता दोस्रो दिन क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको छ ।
डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेजले नेरीक एकेडेमी लाई ३-२ गोलको अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो।
यसै बालबालिका स्कूलले ब्राइट होराइजन लाई ४-३ गोल अन्तरले पराजित गर्दै बालबालिका पहिलो पटक सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
प्रिमियरले क्यामेलीया लाई ४-२ गोल अन्तरले पराजित गरेको छ भने दिनको अन्तिम खेलमा धुर्बतारा स्कूलले डायमण्ड स्कूल लाई टाई ब्रेकर मा १-० ले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
यस प्रतियोगिताका ३ दिन सम्म चल्ने सेमीफाइनल र फाइनल खेल भोलि अनितम दिन ब्राइट फ्युचर आफ्नै फुटसल मैदानमा बिहान ९ बजे शुरु हुने ब्राइट फ्युचर +२ का प्रमुख श्याम मर्हजनले जानकारी गराउनु भएको हो।
फाइनल खेल सम्पन्न भए संगै पुरस्कार वितरण समारोह हुने ब्राइट फ्युचरका प्रशासकिय प्रमुख दीपक पौडेलले जानकारी गराउनु भयो।