राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटी द्वारा चन्द्रागिरि नगर स्तरीय अन्तर वडा फुटसल प्रतीयोगीता आयोजना गर्ने

स्वस्थ युवा स्वस्थ समाज भन्ने नारसहित राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटी द्वारा चन्द्रागिरि नगर स्तरीय अन्तर वडा फुटसल प्रतीयोगीता आयोजना हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ चेकपोस्ट स्तिथ त्रिनेत्र फुटसल कोर्टमा आयोजना हुने उक्त खेल यही २२ गते शुक्रवार हुने आयोजक विश्वोतम श्रेष्ठले जानकारी गराए।

उक्त प्रतियगितामा भाग लिन १६-२४ वर्ष सम्मका उमेर समूहका चन्द्रागिरि नगरपालिकाका स्थायी बसोबास गर्ने युवाहरुले असार १८ गते भित्र फर्म बुझाउन पर्ने श्रेष्ठले बाताए ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद १० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछ र तृतीय हुने टिमलाई रु तीन हजार मेडल, प्रमाणपत्र सहित हात पार्नेछन।