चन्द्रागिरिका प्रतिभा सर्वाेत्कृष्ट, सलिना उत्कृष्ट लिबेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक, न्यू डायमण्ड च्याम्पियन

चन्द्रागिरि, सुबास हुमागाईं।

होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

एपिएफको विरासत तोड्दै डायमण्डलाई पहिलोपटक च्याम्पियन बनाउन प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै प्रतिभाले ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्राप्त गरिन् ।

प्रतिभाकै सानदार प्रदर्शनमा डायमण्ड यस प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । फाइनलमा डायमण्डले एपिएफलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा हराउन सफल भयो ।

यस्तै डायमण्डकी स्पाइकर सलिना बुढा मगर इमर्जिङ खेलाडी घोषित भएकी छिन् । डायमण्डको च्याम्पियन यात्रामा १५ वर्षीय सलिनाको पनि महत्वपूर्ण भुमिका रहेको थियो । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

डायमण्डकै प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने । एपिएफकी निरुता ठगुन्ना स्पाइकर, सरस्वती चौधरी सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर चुनिए । उनीहरुले समान १५ हजार रुपैया र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट
सर्वाेत्कृष्ट – 
प्रतिभा माली (डायमण्ड)
उदियमान – सलिना बुढा मगर (डायमण्ड)
स्पाइकर – निरुता डगुन्ना (एपिएफ)
ब्लकर – हीरा केसी (एपिएफ)
सर्भर – सरस्वती चौधरी (एपिएफ)
सेटर – प्रगति नाथ (डायमण्ड)
लिबेरो – सलिना श्रेष्ठ (डायमण्ड)
प्रशिक्षक – कुमार राई (डायमण्ड)

हाम्रो खेलकुद