चन्द्रागिरि डोजाङलाई १८ स्वर्णसहित २६ पदक

काठमाडौको दशरथ रंगशालामा भएको इन्टरनेशनल मार्सल आर्ट एकेदेमी नेपाल द्वारा आयोजित ४ थौं नेपाल ओपन इन्टरनेशनल तेक्वान्दो खेलमा चन्द्रागिरी तेक्वान्दो डोजाङले १८ स्वर्ण , ३ रजत र ५ कास्य पदक हात पारदै ओबर अल टिम प्रथम भएको छ।

उक्त प्रतियोगितामा नेपाल सहित, भारत र बंगलादेश बाट करिव ९ सय भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

साथै प्रतियोगिता असोज ५ देखि ७ गते सम्म दशरथ रंगशालामा आयोजना भएको थियो।