अक्टोबर २९ बाट सेन्चुरी बैंक “कोर्पोरेट सुपर सिक्सेस २०१७” क्रीकेट प्रतियोगिता हुँदै

387

एस एस इभेन्ट्स प्रा ली को आयोजनामा सेन्चुरी बैंक कोर्पोरेट सुपर सिक्सेस २०१७ क्रीकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिताका लागि आबेदन फारम खुल्ला गरिएको छ। कुल २४ टिम सहभागि हुन पाउने उक्त प्रतियोगिता २९ अक्टोबर देखी टि.यू क्रीकेट मैदानमा सुरु हुने छ। कोर्पोरेट हाउसहरु एयरलाइन्स, हस्पिटल, बैंक, मिडिया हाउस, कुटनैतीक नियोग, बहुरास्ट्रिय कम्पनिहरु लगायत ले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन। सेन्चुरी बैंक को मुख्य प्रायोजन रहेको यस प्रतियोगिताको यो चौथो संस्करण हो। प्रतियोगिता ५ दिन सम्म चल्नेछ। प्रतियोगितामा सहभागि हुनका लागि भ्याट सहित रु. ७३४५० सुल्क निर्धारणा गरिएको आयोजकले बताएका छन। यस प्रतियोगिताको बिजेताले २०१८ मा आयोजना हुने ५ औ संस्करणमा निसुल्क प्रबेश पाउनेछन। सहभागिताका लागि एस एस ईभेन्ट्सको ईमेल – [email protected] वा [email protected]  मा ईमेल गर्न सकिनेछ।