चन्द्रागिरि ।
२० हजार रूपैँया पुरस्कार राशीको दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिता सुरू भएको छ । चन्द्रागिरि नगरपालिका ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको स्थापनाको ९ अाै वार्षिकोत्सवका अवसरमा अायोजित प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रका ३२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको सांसद विनोद श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै सांसद श्रेष्ठले देवदर्शन साकोसले अायोजना गरेको ब्याडमिण्टन प्रतियोगिता यस क्षेत्रका प्रतिभाहरूको खेल काैशल देखाउने राम्रो स्थान भएको धारणा राखेका थिए । नवनिर्वाचित जनप्रतिनिधीहरूले
स्थानीय स्तरमा खेलकुद गतिविधिहरूको विकासका लागि भाैतिक पुर्वाधारहरूको निर्माणलार्इ प्राथमिकता दिनुपर्ने धारणा राख्दै श्रेष्ठले स्थानीय स्तरमा अायोजना हुने यस खालका प्रतियोगिताहरू नयाँ प्रतिभाको उत्पादनका लागि कोशेढुङ्गा साबित हुने बताए ।
३२ टोली सहभागी प्रतियोगिता साबिक महादेवस्थान गाविस भवन प्राङ्गणमा सञ्चालन हुनेछ । मेन्स डबल्स ढाँचाको प्रतियोगिताको विजेता जोडीले बीस हजार, उपविजेता जोडीले दश हजार, तेश्रो हुने जोडीले ५ हजार नगद पुरस्कार सहित मेडल तथा ट्रफी प्राप्त गर्ने सहकारीका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।
प्रमुख अतिथि सांसद विनोद श्रेष्ठ तथा देवदर्शन साकोसका अध्यक्ष रामनारायण घिमिरेले ब्याडमिण्टन खेल्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
Leave a Reply
You must be logged in to post a comment.