सदाबहार किसिपिडी ब्याटमिन्टन क्लब

चन्द्रागिरी नगरपालिकामा बडा दशैं र दिपावलीको अवसरमा आयोजित वडा स्तरीय बाडमिन्टन प्रतियोगितामा वडा नं ५ स्थित रहेको किसिपिडी ब्याटमिन्टन क्लबका खेलाडीहरु प्रमोद महर्जन र सुमन महर्जनको जोडीले पहिल्लो स्थान हात पारेको छ। साथै क्लबका खेलाडी हेमन्त महर्जनको जोडीले कर्मचारी बिधामा पनि पहिल्लो ट्रफि चुम्न सफल भएको छ।

आज बिहान कलबले दसैंको सामिप्पमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष श्री कान्छा भाई महर्जन लाई कबलका अध्यक्ष श्री वसन्त महर्जनले हर्सोलासका साथ पहिलो स्थान हात पारेको ट्रफि हस्तान्तरण गरेको छ। प्रतियोगितामा सहभागी हुने सम्पुर्ण खेलाडीहरु लाई जर्सी ट्राक्क र जुत्ता वडा कार्यलयले ब्यबस्था मिल्लाई दिएको हुँदा क्लबको तर्फ बाट स- धन्यवाद र आभार प्रकट गरें। मन्तब्यको क्रममा वडा अध्यक्ष कान्छा भाई महर्जनले अबका दिनमा क्लबको स्तरोन्नतिका लागि आफू गम्भीर ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।