विश्वकप फुटबल : इरानले वेल्सलाई हरायो

विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा वेल्सलाई इरानले पराजित गरेको छ। १० खेलाडीमा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २–० गोलको नतिजामा पराजित भएको हो ।



jibss

९०  मिनेटसम्म खेलमा दुवै टोलीले गोल गर्न सकेको थिएन। अतिरिक्त समयमा इरानका खेलाडीहरुले लगातार दुई गोल गरेका हुन्।

रुउजवेह चेसीले ९८ मिनेटमा र रमिन रजेइनले १०१ मिनेटमा इरानका लागि गोल गरेका थिए।