बंगलादेशमा जेसिस स्कुलका सबै खेलाडीहरूको तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन

चन्द्रागिरि नगरपालिका सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसल स्कुलले पहिलो बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागी सबै खेलाडीहरूले पदक जितेका छन् ।

शुक्रबार भएको उक्त प्रतियोगितामा तेक्वान्दो पुम्से विधामा Poomsae Individual तर्फ स्नेहा श्रेष्ठ र तिलक श्रेष्ठ- स्वर्ण पदक र समृद्धि महर्जन र रिजन मोक्तानले – रजत पदक साथै रोनिश श्रेष्ठ र अफेस खत्रीले काश्य पदक र Poomsae Team मा अभिनव शाक्य, कृश बेलबासे, तिलक श्रेष्ठ र रिजन मोक्तानले स्वर्ण पदक हासिल गर्न सफल भएको छ 

यसै कार्तिक ४ गते शनीबार भएको तेक्वान्दो प्रतियोगिताको Kyorugi (Spiring) विधामा रोनिश श्रेष्ठ र रिजन मोक्तान-स्वर्ण पदक साथै कृश बेलबासे, तिलक श्रेष्ठ र अफेस खत्री- रजत पदक हासिल गर्दे नेपालका लागि थप २ स्वर्ण र ३ रजत पदकको योगदान दिन जेसिस स्कुल विद्यार्थीहरू सफल भएको हो |

साथै जेसिस स्कुलकै सहायक प्रशिक्षक चन्द्रागिरि नगरपालिका वडा न. ८ निवासी योवनदिन दाहालले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दे स्वर्ण पदक साथै बेस्ट फाइटरको उपाधि हासिल गरेको टिम प्रमुख मिन्जु शोभा चित्रकारले जानकारी गर्नु भएको हो |