कुर्दन र सोल्टी नेपाल दोश्रो मातातीर्थ गोल्डकपःको सेमीफाइनलमा

मातातीर्थ संरक्षण तथा विकास समितिद्वारा आयोजित दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा सोल्टी नेपाल क्लब र कुर्दन फुटबल एकेडेमी विजय हुदै सेमीफाइनलमा पुग्न सफल भएको छ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा भएकाे प्रतियोगिताको पहिलो खेलमा सोल्टी नेपाल क्लबले समतामूलक फुटबल क्लबमाथि सडेन डेथमा ६-५ गोल अन्तरले हराएको छ भने दोश्रो खेलमा कुर्दन फुटबल एकेडेमीले ढाक्सी प्रगतीशील फुटबल क्लबलाइ १-० गोल अन्तरले हराएको हो।

भोलि खेल :
स्टार ११ फुटबल क्लब  vs भकुण्डेचाैर
ब्लुबेल फुटबल क्लब vs स्वतन्त्र युवा क्लब