प्रथम मातातीर्थ गोल्डकप असोज ३ गतेबाट सुरू हुने

प्रथम मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता असोज ३ गतेबाट सुरू हुने भएको छ ।



jibss

मातातीर्थ संरक्षण तथा विकास समिति द्वारा चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा आयोजना हुने प्रतियोगिता यहि मिति २०७९ साल असोज ३ गते उद्घाटन भई असोज १७ गते समापन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद रू दुइ  लाख र उपबिजेताले नगद रू एक लाख पचास हजार सहित ट्रफि हात पार्नेछन भने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद ५० हजार रूपैयाँ हात पार्ने बताइएको छ ।

व्यक्तिगत विधा तर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुकहरूले भदाै ३१ गतेभित्र टोली दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

mata tirtha goldcup mata tirtha goldcup mata tirtha goldcup mata tirtha goldcup