चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगितासुरु भएको छ। ३२ टिम सहभागी रहको उक्त फुटबल प्रतियोगिता फुलपातीको दिनसम्म चल्ने आयोजकले जनाएको छ । नकआउट प्रणालीमा गरिने प्रतियोगिता नयाँ नैकाप, चन्द्रगिरी – १४ को फुटबल मैदानमा सुरु भएको हो। प्रतियोगिताको पुरस्कार राशी २ लाख २५ हजार रहेको छ भने उप-विजेताले रु. १ लाख २५ हजार र सेमिफाइनलिष्टले १५–१५ हजार प्राप्त गर्नेछन् । हरेक बर्ष आयोजना हुँदै आएको यस गोल्ड कप को पहिलो खेल प्रयासरत नेपाल र चन्द्रागिरी नगरपालिका – १५ ढुङ्गेअड्डा र युनेश्कोबीच हुनेछ ।
प्रतियोगिताको टाईसिट निम्न अनुसार रहेको छ
Leave a Reply
You must be logged in to post a comment.