भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई  १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले   गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।