काठमाडौँ: भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । खेलको ८६औं मिनेटमा नेपालका तेज तामाङले १ गोल फर्काएका थिए ।
दुई देशबीच यसअघि भएको खेल बराबारीमा टुंगिएको थियो । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।