नेपाल ओमानसँग ५ रनले पराजित

टी-२० विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको हो । योसँगै नेपाल समूह उपविजेता बनेको छ । अब फाइनल प्रवेशका लागि नेपालले यूएईको सामना गर्नेछ ।