नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

129

आईसीसी विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ। इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३८ रनमै समेटियो।

यो जितसँगै वेस्ट इन्डिजको चार अंक भएको छ। त्यस्तै, जिम्बावेको पनि चार अंक छ। नेपाल र नेदरल्यान्डस्को दुई-दुई अंक छ। अमेरिकाले अंक जोड्न सकेको छैन।