एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागी नेपाल आज युएईसँग भिड्दै

काठमाडौं- काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागी आज फाइनलमा आयोजक नेपालले युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान नौ बजे किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एशिया कपमा स्थान बनाउन चाहन्छ । वर्षाका कारण खेल हुन नसकेको खण्डमा भोली हुने व्यवस्था गरिएको छ । वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय ओडिआई वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

हेट टु हेडको आधारमा नेपाल र युएईबीच २०१८ यता भएको १३ खेलमा नेपालले सात खेलमा जित निकालको छ । भारी वर्षाको कारण खेल नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

यसैबीच एसिसी प्रिमियर कप अन्तर्गत तेश्रो स्थानका लागि भएको खेल पनि बर्षका कारण अवरुद्ध भएसँगै ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।

कुवेतले दिएको १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । एकदिवसीय अन्तराष्ट्रिय वरियताको कारण ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।