
चन्द्रागिरि ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ को आयोजनामा ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ प्रतियोगिता सोमवारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३० छात्र टिमको सहभागिता रहने ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता ब्राइट फयूचरको आफ्नै फुटसल कोर्टमा आयोजना हुनेछ ।
टाईसिट:-