स्टार ११ युवा क्लब र स्वतन्त्र युथ क्लब दोश्रो मातातीर्थ गोल्डकपःको सेमीफाइनलमा

मातातीर्थ संरक्षण तथा विकास समितिद्वारा आयोजित दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा स्टार ११ युवा क्लब र स्वतन्त्र युथ क्लब विजय हुदै सेमीफाइनलमा पुग्न सफल भएको छ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा भएकाे प्रतियोगिताको पहिलो खेलमा स्टार ११ ले भकुण्डेचाैरमाथि सडेन डेथमा हराएको छ भने दोश्रो खेलमा सडेन डेथमै स्वतन्त्र युथ क्लबले ब्लुबेल फुटबल क्लबलाइ हराएको हो।