
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काताको प्रतिस्पर्धामा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँका स्वर्णिम मानन्धरले स्वर्ण पदक जितेका छन् ।
यसै पुरुष समुह काता विधामा स्वर्णिम मानन्धर, अनिल चौधरी र मनिष सोनाकारले एपीएफबाट स्वर्ण पदक जितेका छन् भने स्वर्णिम मानन्धरको यो दोहोरो स्वर्ण पदक हो ।