चाैथो थानकोट गोल्डकप फुटबल प्रतीयोगीता हुने

“चन्द्रागिरिमा फुटबलको लहर , स्थानिय खेलाडीलाई अबसर “ भन्ने नारा सहीत यही आउँदो फागुन ६ गते देखी फागुन  २० गतेसम्म च. न. पा -३ थानकोटको गलबन फुटबल मैदानमा चाैथो थानकोट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रू एक लाख र उपबिजेताले नगद रू ६० हजार सहित ट्रफि हात पार्नेछन। त्यस्तै व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी,डिफेन्डर,गोलरक्षक,प्रशिक्षक र उच्च गोलकर्ताले जनही ५,००० हात पार्नेछन ।

चन्द्रागिरि न.पा भरिका क्लबलाई यही नगरपालिका भित्र बसोबास गर्दै आइरहेको खेलाडी लिएर भाग लिन प्रतियोगिताका संयोजक इञ्जिनियर भुवन गिरीको अनुरोध गरिएको छ । चाैथो थानकोट गोल्डकप सम्पूर्ण खेलहरु चन्द्रागिरि न्युज फेस बुक पेज बाट प्रतक्ष्य प्रशारण गरिनेछ।

फारम बुझाउने अन्तिम मिती फागुन २ गते रहेको छ। फारम र अन्य जानकारीको लागि सम्पर्क नम्बर।
9862998389,
9813400163,
9849202248