युरोकप: समूह चरणका अन्तिम चार खेल हुँदै

काठमाडौं । असार ९, युरोकप फुटबलअन्तर्गत नेपाली समय अनुसार ९ः४५ मा आज समूह ई र समूह एफका अन्तिम चरणका खेल हुँदैछन् ।

त्यसतै समूह ई को खेलमा स्पेनले सेभियामा स्लोभाकियाको सामना गर्दैछ । यही समय अर्को खेलमा सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्ड भिड्दैछन् ।

त्यसैगरी यस समूहबाट चार अंक बटुलेको स्विडेन दोस्रो चरणमा छनोट भइसकेको छ भने दोस्रो स्थानमा रहेको स्लोभाकियाले ३ अंक बटुलेको छ र आज स्विडेनलाई बराबरीमा रोक्न सके दोस्रो चरणमा पुग्नेछ ।

मध्यराती १२ः ४५ मा पोर्चुगल र फ्रान्सबीच बुडापेस्ट तथा हंगेरी र जर्मनीबीच म्युनिखमा प्रतिस्पर्धा हुनेछ । यस समुहबाट फ्रान्स दोस्रो चरणमा छनोट भइसकेको छ । तर, बाँकी टोलीहरुको छनोटको टुंगो लागेको छैन ।

त्यसैगरी जर्मनीले पनि खेल बराबरी गर्दा सोझै दोस्रो चरणमा पुग्नेछ । यस खेलमा पराजित भइहाले पनि दोस्रो चरण पुग्ने संभावना कायम रहनेछ, तर त्यसका लागि अर्को खेलमा पोर्चुगल फ्रान्ससँग पराजित भएको हुनुपर्छ ।