प्रथम त्रिनेत्र फुतसल कप भाद्र १० र ११ गते हुने

703

त्रिनेत्र फुतसल कोर्टको आयोजनामा प्रथम त्रिनेत्र फुतसल कप २०७९ खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ६ चेकपोष्ट स्तिथ त्रिनेत्र फुतसल कोर्टमा आयोजना हुने उक्त खेल यही भाद्र १० र ११ गते हुनेछ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद २५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगितामा विधागत उत्कृष्ठ खेलाडीले जनही ३ हजार रूपैयाँ पुरस्कार, कप, मेडल, प्रमाणपत्र पाउनेछन् ।

आयोजकका अनुसार चेकपोष्ट स्तिथ त्रिनेत्र फुतसलमा हुने खेलमा सहभागिताका लागि दर्ता शुल्क ३ हजार ८ सय रूपैयाँ तोकिएको छ ।