युनाइटेड ह्याण्डस् दौड प्रतियोगिता- २०७९ आयोजना हुने

युनाइटेड ह्याण्डस् दौड प्रतियोगिता आयोजना हुने भएको छ।

युनाइटेड ह्याण्डस् क्लबको आयोजनामा हुने युनाइटेड ह्याण्डस् दाैड प्रतियोगिता असोज १६ गते आइतबार बिहान ६ः३० बजे बलम्बु महालक्ष्मी मन्दिर बाट शुरु हुने भएको हो।

प्रतियोगिताको लागि बलम्बु महालक्ष्मी मन्दिर हुदै पुल बजार, चुनदेवी चोक, गोकुल पाटी, सृजना चोक, बलम्बु मार्ग,
पुल, नहुँदा अस्पताल, च्याउ सहकारी हुँदै बलम्बु दक्षिण ढोकासम्म रूट कायम गरिएको छ भने प्रतियोगितामा भाग लिने व्यक्तिहरुले रुट २ पटक घुम्रुपर्ने बताइएको छ।

युनाइटेड ह्याण्डस्‌ दौड प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोश्रो हुनेले ७ हजार र तेश्रो स्थान प्राप्त गर्नेले ५ हजार रूपैयाँ पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगितामा सहभागी जानाउनेहरुलाइ आयोजक तर्फबाट निशुल्क टिसर्ट प्रदान गरिने बताइएको छ ।