वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन सुरु, बिजेतालाई रु. २५ हजार नगद

रूकमणि टुर्स एण्ड ट्राभल्सको मुख्य प्रयोजकमा चन्द्रागिरि विकास मञ्च द्वारा आयोजित अन्तर वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिताको उदघाटन सम्पन भयो| आजको उदघाटन कार्यकर्ममा प्रमुख अतिथिका रुपमा समाज सेबी धन बहादुर के.सी तथा प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल संयुक्त उदघाटन भएको थियो|

आज उदघाटन भेएको खेलमा वडा १४ का लोकेश्वर बखती र राम शरण के.सी जोडी द्वारा वडा १३ का दिपेन्द्र खड्का र कल्याण अधिकारीलाइ १७/२१, २१/७ र २१/५ ले पराजित गर्यो र आजै भएको दोस्रो खेलमा वडा ५ का बसन्त महर्जन र प्रमोद महर्जनको जोडी द्वारा वडा १४ का अष्ट कु. महर्जन र उज्वल महर्जनको जोडीलाइ २१/१५ र २१/१४ ले पराजित गर्दै दोस्रो राउण्डमा प्रबेस गरेको छ|

भोलि बिहान हुने खेलहर:-

६:०० राजेन्द्र के.सी / कबि राज खड्का (वडा १) vs बिनोद थापा / रिकेश सुवेदी (वडा ६),

६:३० बिर कृष्ण महर्जन / संग्राम पोडेल (वडा ६) vs सानु श्रेष्ठ / केशव जंग बस्नेत (वडा ७)

७:०० हरि खत्री / यादव खवास (वडा ८) vs खरेन्द्र तामांग / बिष्णु बहादुर (वडा ९),

७:३० शिव शरण महत / राजन महत (वडा १५) vs संजय सिग्देल / बिनय सिग्देल (वडा ६)