कंकाली युथ क्लब र रिकग्नाईज एफ.सि. क्वाटरफाईनल प्रवेश

नैकाप गाेल्डकप २०७५-तेस्राे सस्करण अन्तर्गत आजकाे खेलमा कंकाली युथ क्लब,चन्द्रागिरि-१३ र रिकग्नाईज एफ.सी,चूनदेवी,चन्द्रागिरि-१२ विजयी बन्दै क्वाटरफाईनल प्रवेश गरेका छन ।कंकाली युथ क्लबले नाटेश्वर युथ क्लब माथि ३-१ काे जित दर्ता गर्दा कंकालीका लागि सौरव श्रेष्ठ,रिशव स्थापित र प्रयाेग भट्टले एक -एक गाेल गरे भने नाटेश्वरका लागि रन्जन श्रेष्ठले सान्त्वना गाेल गरे ।म्यान अफ दि म्याच कंकालीका सौरव श्रेष्ठ घाेषित भए ।

आजकाे दाेस्राे खेलमा रिकग्नाईज एफ.सि.,चूनदेवीले तारकेश्वर युथ क्लब,स्यूचाटारकाे चूनौती २-० ले समाप्त पार्न सफल रह्याे। रिकग्नाईज एफ.सी.का तर्फबाट राेशन के सी र सन्ताेष पूरीले एक-एक गाेल गरे भने तारकेश्वरका निस्सान माझी म्यान अफ दि म्याच चूनिए ।