निर्वाचनको ताजा जानकारीका लागि निःशुल्क फोन वा मोबाइल एप्स डाउनलोड गर्नुहोस्

704

काठमाण्डाै, वैशाख १९ ।

निर्वाचन अायोग नेपालले स्थानीय तह निर्वाचनका लागि कल सेन्टर तथा मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलार्इ चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन अायोगले कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित अायोगको केन्द्रिय कार्यालयबाट संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाहरूका प्रश्न तथा जिज्ञासाको जवाल १६६००१४४२२२ नम्बरबाट तल्काल प्राप्त हुनेछ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्नेछैन् । कल सेन्टर २०७४ असार ३ गतेसम्म बिहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै ECN APP अायोगको वेभसाइट www.election.gov.np वा Android मोबाइलको प्ले स्टोर वा IOS एप्पल मोबाइलको एप्स स्टोरबाट डाउनलोड गर्न सकिने अायोगको विज्ञप्तीमा उल्लेख छ ।