ललितपुर-३ मा तोसिमा कार्कीको जित सुनिश्चित

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीको जित सुनिश्चित भएको छ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३२६ मत पाएकी छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाए।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ मत पाइन्।

कार्की भारी मतले अघि भएसँगै उनको जित सुनिश्चित भएको हो।

*शिर्षक सच्याइएको-सम्पादक