
नेकपा (एमाले)ले ललितपुर क्षेत्र नम्बर २ (१)बाट प्रदेश सभामा पनि खाता खोलेको छ । प्रतिनिधि सभामा ललितपुर १ बाट एमालेका प्रेम महर्जनले खाता खोल्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४४८ मतले हराउँदै श्रेष्ठ निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८२९८ मत पाउँदा केसीले ६८५० र पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९७३ मत पाउनुभयो ।
श्रेष्ठ २०७४ महालक्ष्मी नगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ ।