काठमाडौं क्षेत्र नं १० प्रदेश ‘क’ मा नेपाली काँग्रेसका पुकार महर्जन निर्वाचित

नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १० (क) बाट प्रदेश सभामा खाता खोलेको छ। नेपाली काँग्रेसका पुकार महर्जन लगातार दोश्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेश सापकोटालाई २६८२ मतले हराउँदै महर्जन निर्वाचित हुनुभएको हो । महर्जनले १००८२ मत पाउँदा सापकोटाले ७४०० मत  प्राप्त गरेको छ ।